सलोनले कसे करिश्मासँग लगनगाँठो
अभिनेता सलोन बस्नेतले विवाह गरेका छन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले विवाह गरेका हुन् । सोमबार उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भएको हो ।
सलोन र करिश्माले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । विवाहपूर्व शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा मेहेन्दी र संगीतको कार्यक्रम भएको थियो, जहाँ केही चर्चित कलाकारहरु पनि उपस्थित थिए ।
सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । यसपछि भने उनीहरुले म्यूजिक भिडियोमा काम गरेका छैनन् । पेशाले एयर होस्टेस भए पनि करिश्माले विभिन्न व्यवसायमा समेत हात हालेकी छन् । उनले अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालासँग मिलेर दरबारमार्गमा एक कोरियन रेस्टुरेन्ट चलाउँदै आइरहेकी छन् ।
Latest Updates
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal