चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत चलचित्र ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ ।
सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमले नाँचेका छन् । विशेषत विवाहमा महिलाहरुले नाँच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा प्रस्तुत गरिएको छ । हाँसो ठट्टा शैलीमा प्रस्तुत गरिएको गीत कुनै घरको आँगनमा खिचिएको छ ।
गोदावरी चलचित्र प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको चलचित्रले बाल विवाह, अनमेल विवाह, महिला हिंसालगायतका विषयलाई उठान गरेको छ । दीपकप्रसाद घिमिरेले निर्माण गरेको चलचित्रमा जीवन सेञ्चुरीको निर्देशन छ ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
