सिवाकोटीको ‘सलल झलल’ सार्वजनिक

लेन्सनेपाल २०७८ असोज २२
सिवाकोटीको ‘सलल झलल’ सार्वजनिक

गायक टिका सिवाकोटी ‘आदर्श’को दशैं तिहार लक्षित गीति एल्बम ‘सलल झलल’ सार्वजनिक भएको छ । दशैं तिहार बिशेष गीतमा तिलक बस्नेतको शब्द र संगीत र टिका सिवाकोटी ‘आदर्श’, शान्तिश्री परियार, तिलक बस्नेत र संगिता सिवाकोटीको स्वर रहेको छ ।

सुरेन्द्र बसेलले निर्देशन गरेको गीतको भिडियोमा हरिश निरौला र जुना सुन्दासको नृत्य तथा टिका सिवाकोटी, लक्ष्मी गिरी, कृष्ण सिवाकोटी, सृजना अधिकारी, तिलक बस्नेत, संगिता सिवाकोटी लगायतको अभिनय रहेको छ ।