पनौतीमा खिचियो ‘एक्लो’को ३ मिनेट लामो दृश्य
वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’को केही दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा सेटअप तयार गरी छायांकन गरिएको छ । निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेट लामो एक सट दृश्य खिच्न विशेष तयारी गरिएको थियो, जसमा अभिनेता विजय लामा र अभिनेत्री दिया पुन सहभागी थिए ।
दृश्यमा पाइलट विजय लामाको अगाडि सवारी दुर्घटनाको दृश्य देखिन्छ, जहाँ जम्बीको कारण भिडभाड भएको देखाइएको छ । उक्त दृश्यले चलचित्रको कथा अघि बढाउने महत्त्वपूर्ण मोडको प्रतिनिधित्व गर्ने शाहीले जनाएका छन् ।
छायांकनको क्रममा कलाकारहरू पटक–पटक दौडिएर कार र साइकलबीच भएको दुर्घटनास्थलमा पुग्ने दृश्य पुनः अभिनय गर्नुपरेको थियो । सट बिग्रिएपछि बारम्बार ‘कट’ भन्दै दृश्य दोहोरिनु पर्यो । निर्देशकको अनुसार, दुई मिनेट लामो वान सट दृश्य खिच्न झण्डै ६ घण्टा लाग्यो ।
कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’का अनुसार यस्तो दृश्य खिच्नका लागि उच्च स्तरको योजना र धैर्य आवश्यक पर्छ । ‘सानो त्रुटि हुँदा पनि सबै प्रक्रिया सुरुबाट दोहोरिनुपर्ने भएकाले समय धेरै लाग्यो’ उनले बताए।
चलचित्र ‘एक्लो’ नेपाली चलचित्र क्षेत्रमा दुर्लभ वैज्ञानिक कथामा आधारित चलचित्र हो, जसमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन् । हाल चलचित्रको पोस्ट–प्रोडक्सन कार्य लन्डनमा भइरहेको छ र आगामी पुष महिनामा, क्रिसमस अवसर पारेर रिलिजको तयारी छ ।
चलचित्रको टिजर केही समयअघि सार्वजनिक भइसकेको छ, जसमा प्रदीप खड्कासँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारहरूको लुक्स प्रस्तुत गरिएको थियो । चलचित्रले यसअघि कान्स फिल्म फेस्टिभलको बजार क्षेत्र (मार्केट) मा आफ्नो उपस्थिति जनाएको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा पनि चासो बटुलेको छ ।
चलचित्रको निर्देशन प्रदीप शाहीले गरेका हुन्, जसले यसअघि दुई चलचित्र निर्देशन गरिसकेका छन् । लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका शाहीले ‘एक्लो’लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेको जनाए ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ
चलचित्रको निर्मातामा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
