‘माग्ने राजा’ गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक
भाद्र ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘म त सुतेर उठेको पैसामा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन् ।
संगीतबार बाबुल गिरीको स्वर रहेको गीतको संगीत, शब्द रचना तथा एरेञ्ज समेत उनी स्वयंको हो । उनलाई चाइल्ड भर्सनमा चलचित्रका कलाकार समेत रहेका रोनिश खड्काले साथ दिएका छन् । भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी छ ।
मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र मोडल पवित्रा साकी उर्फ मिस पबीको पनि अभिनय छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । मदुसुधन शर्मा निर्माता रहेको चलचित्रमा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
