![Modibeni](https://www.lensnepal.com/files/adds/modibeni.jpg)
![Numbari Sun](https://www.lensnepal.com/files/adds/numbarisun.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक
![वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक](https://www.lensnepal.com/files/news/saahu-ba-teaser.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेव सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्युजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ ।
सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । सिरिज नेपालमा नै पहिलो पटक मंहगो बजेटमा निर्माण गरिएको हो । अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफुले तीन वर्ष भन्दा बढि समय दिएको बताउँछिन् ।
फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोड निर्माण गरिएको सिरिजमा तीन सय ५० बढि कलाकारले काम गरेको निर्माण टिमले जानकारी दिएको छ । त्यसका साथै हरेक एपिसोड १ घण्टा लामो रहेको बताए । नेपालमा ठुलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनिले जानकारी दिएको छ ।
सिरिजलाई नेपाल तथा भारतमा समेत चर्चित सुजय योङले निर्देशन गरेका हुन् । यो उनको नेपाली डेव्यु सिरिज समेत हो । यो सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । उनले लकडाउनको बेला यो सिरिजको स्कृप्ट तयार पारेका थिए । ‘नेपालमा आफ्नो पहिलो प्रयास भएकाले यो सिरिजलाई दर्शकले मन पराउने विश्वास उनको छ । यो एकदमै भिन्न कथा होइन् तर भिन्न तरीकाले देखाउने प्रयास गरेका छौं’, निर्देशक योङले भने ।
साहु बाले प्रेम, विश्वासघात प्रतिसोधको कथा उठाएको छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ । सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।
![Gharjwai](https://www.lensnepal.com/files/adds/gharjwai.jpg)
![](https://www.lensnepal.com/files/adds/Ishworwebbanner.jpg)
Latest Updates
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana