‘रुमानी रङ्ग’ निर्माणको औपचारिक घोषणा
चलचित्र ‘रुमानी रङ्ग’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहिबार राजधानीमा आयोजित पत्रकार सममेलनका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
अनिल योञ्जनको लेखन तथा निर्देशन रहने चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहने छ । साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोश्रो पटक स्कृन सेयर गर्न लागेका हुन् ।
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता जिएम ठकुरी हुन् भने निर्माता हरि मल्ल ठकुरी हुन् । आविस्कार बहुसंचार प्रा लिको निर्माण सहकार्य रहनेछ चलचित्रको अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ । यो कम्पनीले थुप्रै नेपाली चलचित्रको अष्ट्रेलियामा वितरण गरिसकेको छ । सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी चलचित्रका सहनिर्माता छन् ।
चलचित्रको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ । चलचित्रले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ । निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ ।
वैशाखको पहिलो साताबाट फ्लोरमा जाने चलचित्रमा महेश पौडेलको छायाँकन रहने छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
