Mansara

लुम्बिनी प्रदेशको मन्त्री बने निर्माता तथा अभिनेता राणा

२०८० पौष ८
लुम्बिनी प्रदेशको मन्त्री बने निर्माता तथा अभिनेता राणा

निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । आइतबार उनले उद्योग तथा यातायात मन्त्रीको सपथ लिएका हुन् ।

नेपाली कांग्रेसबाट प्युठान निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्य राणा पहिलो पटक मन्त्री बनेका हुन् । मन्त्री राणा कांग्रेस सभापति शेरबहादुर देउवाका निकट पात्र मानिन्छ । करिब डेढ दशकदेखि चलचित्र क्षेत्रमा आबद्ध उनी प्रदेश सभा सदस्यमा निर्वाचन हुनुअघि नेपाल चलचित्र निर्माता संघको महासचिव थिए । 

सन् २००६ को चलचित्र ‘दादागिरी’बाट चलचित्र निर्माण यात्रा सुरु गरेका राणाले ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’,  ‘जय परशुराम’ र  ‘मेरो पैसा खोई ?’ को निर्माण गरेका छन् । ‘जय परशुराम’ र  ‘मेरो पैसा खोई ?’ को निर्देशक समेत रहेका राणाले  ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’ र ‘मन छु नि तिम्रो’मा अभिनय समेत गरेका छन् । प्रदेश सभामा मन्त्री हुने उनी पहिलो चलचित्रकर्मी समेत हुन् ।