चर्चित गायक रोजमान महर्जनको पाश्र्व गायनमा डेब्यु
नेपाल भाषाका चर्चित गायक रोजमान महर्जनले नेपाली चलचित्रको पाश्र्व गायनमा डेब्यु गरेका छन् । उनले चलचित्र ‘झरीपछि को इन्द्रेणी’बाट पाश्र्व गायन थालेका हुन् ।
चलचित्रमा समावेश हुने ‘धन्य धन्य लोकेश्वर’ बोलको गीतमा रोजमान का साथै गायिका रत्न शोभा महर्जनको स्वर रहने छ । गीतमा सुरेन्द्र श्रेष्ठको संगीत संयोजन रहेको छ ।
‘धन्य धन्य लोकेश्वर’ गीतले नेपाली मौलिक बाजा, भक्ति भावना र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै चलचित्रको भावनात्मक गहिराइ थपेको निर्देशक अर्जुन घिमिरे बताएका छन् ।
चलचित्रमा काठमाडौंका मेयर बालेन शाहको एउटा गीत पनि समावेश गरिएको छ भने लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वरमा अर्को एक् गीत रहने छ ।
हाल काठमाडौं आसपासमा छायांकन भइरहेको चलचित्रमा निर्देशक घिमिरेसहित गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
