कलेज केन्द्रित प्रचारमा चलचित्र ‘रियाल रिङ्गेट’
श्रावण १६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रियाल रिङ्गेट’ले प्रदर्शन पूर्वको प्रचारमा जोड दिइरहेको छ । चलचित्रको प्रचार टोली अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर युवा केन्द्रित प्रचार अभियान सञ्चालन गरिरहेको छ ।
क्याम्पस क्याम्पसमा भइरहेको प्रचारमा चलचित्रका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको सहभागिता रहेको छ । उनीहरू हालसम्म विनायक सिद्ध कलेज, द इनसाइट भिजन एसएस कलेज, साइपाल एकेडेमी लगायतका शिक्षण संस्थामा पुगेका छन् ।
प्रचार अभियानको विशेषता भनेको कविता र गीतको संयोजन हो । कवि रायनले आफ्नै लेखनका मार्मिक कविताहरू प्रस्तुत गर्दा गायक काफ्लेले त्यसमा सङ्गीत र स्वरको स्पर्श थपेर विद्यार्थीहरूलाई भावनात्मक रूपमा छोइरहेका छन् । विद्यार्थीसँग प्रत्यक्ष संवाद, कविता वाचन र गीतमार्फत चलचित्रको सन्देशलाई प्रस्तुत गरिँएको छ ।
कवि रायनले चलचित्रका लागि विशेष कविता रचना तथा वाचनसमेत गरेका छन्, जुन चलचित्रमा पनि समावेश छ । नेपाली चलचित्रमा कमै मात्र प्रयोग हुने कविता विधालाई यस चलचित्रले प्राथमिकता दिएको देखिन्छ ।
चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ भने रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
