Mansara

तपाईहरुले अक्सिजन दिनुपर्छ, पत्रकार साथिहरुले मलाई बचाइदिनुस् : ऋषी धमला

२०७५ भाद्र २०

पत्रकारितामा चर्चित ऋषी धमला अब चलचित्र निर्माता पनि बनेका छन् । उनले निर्माण गरेको पहिलो चलचित्र अनुराग प्रदर्शनको तयारीमा छ ।

आफ्नै श्रीमति एलिजा गौतमलाई हिरोइन बनाउँदै चलचित्र निर्माणमा हात हालेका ऋषी हालैको एक दिन चलचित्र पत्रकारहरुमाझ प्रस्तुत भए । श्रीमतिलाई सँगै राखेर प्रस्तुत भएका ऋषीले शुरुमै पत्रकारहरुसँग आफुलाई बचाइदिन आग्रह गरे ।

पत्रकार माझ उनले भने – अनुराग आउदा खेरी, कसरी आउदा खेरी, कुन प्रचारको ढङ्गमा आउदा सबैको साझा चलचित्र बन्न सक्छ । सबै क्षेत्रका दर्शकले हलमा गएर हेर्न सक्ने वाताबरण बन्न सक्छ । मलाई तपाईहरुको सल्लाह सुझाव चाहियो । म एक्लै कहिल्यै सफल बन्न सक्दीन, तपाईहरुको सहयोग भयो भने मात्र म सफल बन्न सक्छु । मलाई तपाईहरुले अक्सिजन दिनुपर्छ । पत्रकार साथीहरुले बचाइदिनु पर्छ । म चलचित्र क्षेत्रमा आएको छु ।

लामो समयदेखि सञ्चारकर्ममा सक्रिय ऋषीले मिडियाको पावर राम्रैसँग बुझेका छन्. । सायद यसैले होला सञ्चारकर्मीलाई मख्ख पार्न गुहार मागेको शैलीमा आफुलाई बचाइदिन आग्रह गरेको ।

ऋषीको यस्तो आग्रह पछि उपस्थित केही पत्रकारहरुले उनीसँग केही जिज्ञासा राखे । केही प्रश्नको जवाफ ऋषी आफैले दिए भने केही प्रश्नमा श्रीमतिको समेत सहयोग लिए । पत्रकारले ऋषीलाई मात्र हैन उनकी श्रीमति एलिजालाई पनि प्रश्नले हमला गरे । जसको सक्षिप्त अंश हामीले यहाँ प्रस्तुत गरेका छौं ।

प्रश्न (ऋषीका लागि) : यहाँले पत्रकारितको माध्यमबाट चलचित्र क्षेत्रलाई नजिकबाट नियाल्नु भएको थियो । के उद्देश्य लिएर चलचित्र निर्माणमा आउनु भयो ?
ऋषी : मेरो विवाह एलिजासँग हुँदा उहाँ २१ वर्षको हुनुहुन्थ्यो । त्यतिबेला नै उहाँले चलचित्र खेल्ने र स्थापित हुने इच्छा मलाई व्यक्त गर्नु भएको थियो । मैले हुन्छ तपाईको इच्छा छ भने चलचित्र क्षेत्रमा जानुस् म सहयोग गर्छु भने । हाम्रोमा नायिकाहरु विवाह पछि यस क्षेत्रमा कम आएका छन् । विवाह अघि यस क्षेत्रमा आएर स्थापित भएर चर्चाको शिखरमा पुगेर विवाह गर्नेहरु धेरै छन् । हुन त उहाँलाई अन्य चलचित्रबाट अभिनयको अफर पनि आएको थियो तर उहाँले हामीले नै एउटा चलचित्र बनाउ, यो चलचित्र सफल भयो भने म अगाडी बढ्छु भन्नु भयो । तर म व्यस्त थिए । यद्यपी मैले यसको कथा सुने । मलाई मन पर्यो त्यसैले चलचित्र बनाउ भनेर एउटा टिम बनाएर मैले लगानी गरेको हो ।

प्रश्न (एलिजाका लागि) : विवाह पछाडी नै चलचित्रमा आउछु भनेर सोच्नुको कारण के थियो ?
एलिजा : म भर्खर कलेज पढ्दै थिए । त्यतिबेला विहे भइहाल्यो । अनि हाम्रो प्लान अनुसार नै उहाँले सपोर्ट गर्नुभयो । मेरो पनि सानै देखि चलचित्रमा स्थापित हुने इच्छा थियो । 
अब अरुले नगरेको काम किन नगर्नु । धेरैले विवाह पछि चलचित्र क्षेत्र छोड्नु भएको छ । अझ बेबी भएपछि त को हुनुहुन्छ होला र । (ऋषीले एलिजालाई रोक्दै सच्याए दुई चारजना हुनुहुन्छ ।)

प्रश्न (ऋषीका लागि) : एलिजासँग विहे नभएको भए चलचित्र क्षेत्रमा आउनुहुन्थ्यो त ?
ऋषी : सम्भावना कम थियो । म पत्रकारिताको माध्यमबाट चलचित्र क्षेत्रसँग जोडिएको थिए । तर निर्माताको रुपमा म आउने थिइन । एलिजासँग विहे नभएको भए कुनै पनि चलचित्र बनाउने मेरो कुनै योजना थिएन ।

प्रश्न : एलिजा जीको रहरका लागि निर्माता बन्नु भयो ?
ऋषी : रहर हैन, उहाँको चलचित्र क्षेत्रमा आएर अभिनय गर्ने जुन इच्छा छ त्यसलाई सपोर्ट गरेको हुँ । रहर त जसको नी हुन्छ । रहर गरेर मात्र भएन नी अभिनय पनि गर्न सिक्नु पर्यो, अभिनय पनि जान्नु पर्यो नी । २ वटा बच्चाको आमा । बच्चा पाएको ६ महिना पछि (एलिजाले बोलिन ६ हैन २ महिना) सरी २ महिना । सुटिङ शुरु गर्दा बाबु एरिक ६ महिना भएको थियो । चलचित्रको निर्माण प्रक्रिया शुरु हुँदा २ महिना थियो । त्यो बाबुलाई छोडेर उहाँले चलचित्रमा अभिनय गर्छु भन्नु भयो मैले त्यसलाई सपोर्ट गरेर यो क्षेत्रमा आएको हुँ । एउटा बच्चको आमाले जसरी आफ्ना छोराछोरीलाई माया गर्छ उहाँले यो चलचित्र क्षेत्रलाई त्यसैगरि माया गर्नुभएको छ । उहाँको सोच छ – यो क्षेत्र मेरो हो, म यसमा जम्न चाहन्छु, रम्न चाहन्छु, स्थापित हुन चाहन्छु ।

प्रश्न : एलिजाजीलाई अरुको चलचित्रमा जानबाट रोक्नलाई धमला जी आफैले चलचित्र बनाउनु भएको हो ?
यो प्रश्नको जवाफ नआउँदै एलिजाले ऋषीकै शैलीमा ऋषीलाई नै सोधिन : आज खुलस्त पार्दिनुस् । तपाईले आफ्नी श्रीमतिलाई रोक्नु भएको र आफै चलचित्र बनाउनु भएको हो त ?
ऋषीले उल्टै एलिजालाई भने – तपाई नै भनिदिनुस् न ।
एलिजा : हैन एउटा एक्स्ट्रा चलचित्र बनाउन मन लागेको थियो, अनि मेरो सानै देखिको इच्छा उहाँले पुरा गरिदिनु भएको हो ।
ऋषी : मैले उहाँलाई नायिका हुनबाट रोक्ने भए त किन चलचित्र बनाउथे र । मेरो चाहना उहाँ आफैले बनाएको चलचित्रबाट अझ खारिनु हुन्छ, अझ सक्षम हुनुहुन्छ, तिखारिनु हुन्छ, उहाँको  कमिकमजोरी हट्छ अनि उहाँको लागि बजार खुल्ला हुन्छ भनेर मैले चलचित्र बनाएको हो ।

प्रश्न : ऋषीजी लगानी कति लाग्दो रहेछ ?
मैले सोचेको थिइन यति धेरै लाग्छ भनेर । यो चलचित्र पुरा बजारमा पुग्दा खेरी पौने २ करोड खर्च हुन्छ ।

प्रश्न : एलिजालाई कति पारिश्रमिक दिनुभयो ?
ऋषी : उहाँ आफै निर्माता हुनुहुन्छ । भोली यो चलचित्रबाट प्राप्त भएको सबै उहाँलाई त हो नी ।

प्रश्न (एलिजाका लागि) : भनेपछि डेव्यु फिल्म विना पारिश्रमिक गर्नुभयो ?
एलिजा : हजुर ।

Mahajatra