चलचित्र ‘रिमै’को लागि नेपाल आइन रिश्मा गुरुङ
‘कबड्डी’ शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ चलचित्र ‘रिमै’को छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी उनले चलचित्रको कथाले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताइन ।
‘म लामो समय पश्चात चलचित्रको पर्दामा फर्किदै छु । लामो त होइन मैले बिचमा क्रसरोड नामक चलचित्रमा काम गरेकी थिए । त्यो चलचित्र अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण हुने चलचित्रलाई बिर बहादुर घलेले निर्माण गर्दैछन् । असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए । चलचित्रमा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।
‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रको दशैंको घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै निर्माणको सुरुवात गरिनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
