अभिनेत्री रेखा थापालाई पुत्री लाभ
अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ । उनले शुक्रबार बिहान अमेरिकाको कोलोराडो राज्यको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् ।
अस्पतालको शैय्यामा छोरीलाई छातीमा टाँसेर श्रीमान् बलराम शाही ठकुरीसँगको केही तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै रेखाले आफू आमा बनेको जानकारी गराएकी हुन् । रेखाले उक्त तस्विर सार्वजनिक गर्दै लेखेकी छिन – ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान् कारण छ ।’
रेखाले गर्भवती अवस्थामै होम प्रोडक्सनको चलचित्र ‘उपहार’मा काम गरेकी थिइन। छायांकनको समयमा रेखाको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको थियो । चलचित्रको डबिङ्ग सकेपछि पहिलो सन्तानलाई जन्म दिन रेखा गत मंसिरमा श्रीमानको साथमा अमेरिका उडेकी थिइन् ।
रेखा अभिनित चलचित्र ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
