बोर्डले शुरु गर्‍यो रियल टाइम बक्स अफिस

२०८२ आषाढ १६
बोर्डले शुरु गर्‍यो रियल टाइम बक्स अफिस

चलचित्र बिकास बोर्डले रियल टाइम बक्स अफिस सुरुवात गरेको छ । सोमबार बोर्डको २५ औं वार्षिक उत्सवको अवसर पारी सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रियल टाइम बक्स अफिसको सुरुवात गरेका हुन् । कार्यक्रममा मन्त्री गुरुङले बक्स अफिसको एप समेत उद्घाटन गरे ।

बोर्ड अध्यक्ष दिनेश डिसीका अनुसार अब उक्त एप मार्फत निर्माताले आफ्नो चलचित्रको बक्स अफिस रिपोर्ट रियल टाइममा प्राप्त गर्नेछ । कुनै हलमा टिकट काटिदा बित्तिकै उक्त एप मार्फत निर्माताले त्यसको सुचना पाउने जनाइएको छ । नेपालभरका १६६ सिनेमा हलको बक्स अफिस रिपोर्ट सो एपमा हेर्न सकिनेछ । उक्त एपको नाम बक्स अफिस @ सिनेमा राखिएको छ । 

यस्तै बोर्डले प्रदान गर्दै आएका बिभिन्न ३३ सेवालाई अनलाइन सेवामा विकास गरेको छ । बोर्डले प्रदान गर्ने विभिन्न सेवाहरु समेटिएको अनलाइन समेत मन्त्री गुरुङले शुभारम्भ गरेका छन् ।