चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक
भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक नाकाश अजिजको स्वर, डा. कृष्णहरी बरालको शब्द र रेवन आरती सिंहको संगीत छ ।
विक्रम स्वारको नृत्य निर्देशन रहेको गीतमा अभिनेता पल शाह दोहोरो चरित्रमा देखिएका छन् भने अभिनेत्री पूजा शर्मा पनि फिचर्ड छिन । गीतको अन्तिममा निर्देशक सुदर्शन थापा पनि देखिएका छन् । सेट डिजाइन तथा प्रप्समा ठूलो खर्च गरिएको गीतले त्रेता युगका रावण पात्रको बखान गरेको छ ।
चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रेवनसहित निरज सिंहको संगीत र श्री श्रेष्ठको द्वन्द्व छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
