चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा
चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दशैंको अवसर पारेर असोज ११ गते बाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले दक्षिण भारतिय चलचित्रका चर्चित कलाकार ब्रह्मानन्दमको जन्म दिन पारेर पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रको सार्वजनिक पोष्टरमा ब्रम्हानन्द नेपाली ढाका टोपी र चन्दनको लेप लगाएको अवस्थामा देखिएका छन् ।
निता फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा निता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, रबिन्द्र झा, वसिम राजा, दक्षिण भारतिय कलाकारहरू ब्रह्मानन्दम, अली, ‘पुष्पा’ का भिलेन सुनिल वर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहेको छ । नेपाल र भारतमा छायाँकन गरिएको चलचित्र बिग बजेटमा निर्माण गरिएको निर्माण टिमले बताएको छ ।
दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड चलचित्र छायाङ्कन गरेका कवीरलाल ‘ह्रस्व दीर्घ’ को छायाँकार हुन् । प्रेमकथामा बनेको चलचित्र नेपाल तथा भारतका हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने योजनामा निर्माण युनिटको छ
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
