मौलिक चलचित्र निर्माणमा राष्ट्रपति पौडेलको जोड
सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मनोरञ्जनको माध्यम मात्र नभएर समाज र जगतलाई जीवन्त रुपमा प्रस्तुत गर्ने एक शशक्त माध्यम भएको बताएका छन् ।
बुधबार राष्ट्रपति निवास शितल निवासमा सम्पन्न ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले चलचित्रमा प्रस्तुत हुने कथा र प्रस्तुतिमा मानिसका भोगाई र समाजका यावत क्रियाकलाप प्रतिविम्वित हुने हुँदा यो समाजको ऐना पनि भएको बताएका छन् ।
नेपाली चलचित्र देशमा मात्र सिमित नभई अन्तराष्ट्रियस्तरमा पनि प्रगतीपथमा लम्केकोमा खुशी देखिएका राष्ट्रपति पौडेलले भने – ‘अनेकौं कष्ट र कठिनाइका बाबजुत नेपाली चलचित्र विकासको यो चरण सम्म आउन सक्नु सुखद हो । हाम्रा चलचित्रकर्मीको अथक प्रयास र मेहनतले नेपाली चलचित्र देशमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि उत्कृष्ट र प्रतिष्पर्धीपथमा लाग्नु खुशीको विषय हो ।’
पछिल्लो समय स्टार कलाकारका भन्दा पनि मौलिक कथा र चरित्रका चलचित्रले व्यवसायिक सफलता प्राप्त गरिरहेका छन् । राष्ट्रपति पौडेलले आफ्नो सम्बोधन मार्फत नेपाली चलचित्रको बजारसँग समेत आफु अपडेट रहेको छनक दिएका छन् । उनले भनेका छन् – ‘पछिल्लो समय ब्यवसायिक सफलता र कथावस्तु विचमा आएको शैलीगत विशेषताले नायकत्व भन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको प्रतित हुन्छ ।’
राष्ट्रपति पौडेलले मौलिक कथा र प्रस्तुतिमा नविनता र सृजनशिलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाईमा पुर्याउने विश्वास आफुले लिएको समेत जनाएका छन् । मौलिक चलचित्र निर्माणमा जोड दिएका राष्ट्रपति पौडेलले ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न चलचित्र उद्योगले प्रेरणा पाउने अपेक्षा राखे । उनले भने – ‘ठुला ठुला विषयवस्तु भन्दा हाम्रै गाँऊ समाजमा देखिएका स–साना तर मौलिक कथा तथा चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न चलचित्र उद्योगले थप मेहनत गर्ने छ भन्ने मैले अपेक्षा गरेको छु ।’
उनले नेपाली चलचित्रको विकासका लागि सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग रहने विश्वास समेत लिएका छन् ।
Latest Updates
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev