Mansara

‘रङ्गेली’को गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका

२०८० माघ १८
‘रङ्गेली’को गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका

चलचित्र ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । प्रतिस्पर्धामा भाग लिन चाहनेहरुले चलचित्रको सार्वजनिक गीत ‘हातैले उघाएर’को अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गर्नु पर्नेछ । प्रतिस्पर्धामा उत्कृष्ट हुनेले उत्कृष्ट फिचरसहितको ‘युमिडिजी’ स्मार्टफोन प्राप्त गर्ने चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।

प्रतिस्पर्धी मध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने भिडियो बनाउने दुई जनाले सो स्मार्टफोन जित्नेछन् । योग्य प्रतिस्पर्धी हुन आफ्नो भिडियो पोस्ट गर्दा आफ्नै सोसल मिडिया प्रोफाइल हुनुपर्ने, पोस्टमा ह्यासट्याग दिई  #Rangeli #rangelimovie #rangelifalgun25 लेखी रङ्गेली चलचित्रको फेसबुक वा इन्स्टाग्राम प्रोफाइल मेन्सन गर्नुपर्नेछ । भिडियो यही माघ २७ गतेसम्ममा पोस्ट गरिसक्नुपर्नेछ । चलचित्रको ट्रेलर रिलिज समारोहमा कलाकारहरूको हातबाट विजेतालाई स्मार्टफोन प्रदान गरिने खतिवडाले बताए ।

फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्रको उक्त गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ । यस्तै भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय रहेको छ । चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् यस्तै विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।