‘रङ्गेली’को गीत ‘दुल्हा दुल्हन’ रिलिज
चलचित्र ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज गरिएको छ । विवाह गीतको रूपमा तयार पारिएको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ ।
फागुन २५ गते रिलिज हुने चलचित्र ‘रङ्गेली’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । सुवेदी नै यसका लेखक हुन् । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । यस्तै विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
