जेन–जीसँग राजेशले मागे सञ्चार तथा विदेश मन्त्रालय

२०८२ भाद्र २७
जेन–जीसँग राजेशले मागे सञ्चार तथा विदेश मन्त्रालय

गायक राजेश पायल राईले जेनजी पुस्तालाई आफूलाई सञ्चार तथा विदेश मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेका छन् । अन्तरिम सरकार गठनको चर्चा भइरहँदा गायक राईले सञ्चार र पर्यटनमन्त्रीमा इच्छा देखाएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले सञ्चार र पर्यटन सम्हाल्न सक्ने दाबी गरेका छन् । आफूलाई पर्यटन र सङ्गीतको विकास बारे राम्रो जानकारी रहेको गायक राईको दाबी छ । 

उनले असम्भव केही नहरेको बताउँदै आँट गर्दा सम्भव हुने त्यो सम्भव गराउन आफू तयार रहेको बताए । सबैभन्दा धेरै विदेश आफू गएको दावी गर्दै हुने नपत्याए राहदानी चेक गर्न सकिने उल्लेख गरेका छन् ।