राजेश पायल माथी स्टेजमै हातपाल, पछाडी बाट आएको अंगालो स्वीकार्य भएको प्रतिक्रिया
अमेरिकामा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राजेशपायल राईमाथि हातपात भएको छ । नयाँ वर्ष सन् २०२२ को स्वागतमा न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट न्याँक्दै हातपात गरेका हन् ।
राईले ‘मैले मायाले दिएको चिनो’ बोलको गीत गाउदै गर्दा उनी माथी हातपात भएको हो । ति ब्यक्तिले हातपात गरे लगत्तै अन्य केही युवाहरुले राईलाई बचाउन ति युबालाई त्यहाबाट निकालेका छन् । म्युजिक ट्याकमा गीत गाइरहेका राईले हातपात पछि पनि प्रस्तुतिलाई निरन्तरता दिएका छन् । राईले ‘सानो तिनो भाइरलका लागि यस्तो हुन्छ’ भन्दै प्रस्तुति अघि बढाएका थिए । उक्त गीत सकेपछि उपस्थित दर्शकलाई सम्बोधन गर्दै राईले भने – ‘अगाडीबाट आएको ज्वालामुखीहरु पनि निल्छु र पचाउछु जस्तो लाग्छ मलाई पछाडी बाट आएको अंगालो त झनै स्वीकार्य छ ।’
उक्त कार्यक्रममा राईले लगातार ४ घण्टा सांगीतिक प्रस्तुति दिएका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
