सामाखुसीमा खुल्यो अर्को चलचित्र हल, कलाकारले गरे उद्घाटन

काठमाण्डौँको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ ।
बिहिबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा चलचित्र हलको उद्घाटन गरेका हुन ।
तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ चलचित्र हेर्न सक्छन । सिटी स्क्वायर मलको नौँ तल्लामा खुलेको हलका हरेक पर्दामा सोफा सेट सहित एरोम्याक्स वाई बार्को साउण्ड र फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको संचालक सुमित मैनालीले जनाएका छन् । करिब १८ करोडको लागत बताइएको हलको ब्यवस्थापन भने क्यूएफएक्सले गर्नेछ । योसँगै क्यूएफएक्स्ले देशभर आफ्नो हल संख्या १७ वटा पुर्याएको छ ।
Latest Updates
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi