‘कृष्ण लीला’ सफल नभए पारिश्रमिक फिर्ता गर्ने पुष्पको घोषणा
पछिल्लो समय नेपालि चलचित्रमा कलाकारको पारिश्रमिक निकै आकासिएको छ । कलाकारले महङ्गो पारिश्रमिक मागिदिदा चलचित्रको बजेट अस्वभाविक रुपमा बढिरहेको निर्माताहरुको गुनासो छ ।
नेपाली चलचित्रको मौजुदा बजार अनुसार कलाकारको पारिश्रमिक अस्वभाविक रुपमा बढी भएको बताउने गरिन्छ । त्यसो त पछिल्लो समय महङ्गो पारिश्रमिक लिएका अक्सर कलाकारका चलचित्रले उनीहरुले लिएको पारिश्रमिक मात्र पनि निर्मातालाई रिटर्न गर्न सकिरहेका छैनन् । चलचित्रमा गरेको सिङ्गो लगानीको कुरा त परैको कुरा ।
केही समय अघि दक्षिण भारितय चलचित्रका स्टारहरुले आफ्नो चलचित्र असफल हुँदा निर्मातालाई पारिश्रमिक फिर्ता गरेको खबर आएको थियो । त्यहाँ कलाकारले प्रदर्शन गरेको उच्च नैतिकताको सर्वत्र खुलेरै प्रसंसा भयो । अब भने नेपालमा पनि एकजना कलाकारले आफ्नो चलचित्र कथमकदाचित सफल नभएकोमा पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् ।
कृष्ण जन्माष्टमीको असर पारि भाद्र ३ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘कृष्ण लीला’का अभिनेता पुष्प खड्काले आफ्नो चवलचित्र सफल नभएमा आफुले लिएको पारिश्रमिकको केही प्रतिशत निर्मातालाई फिर्ता गर्ने घोषणा गरेका हुन् । द प्रकाश सुबेदी शोमा अन्तरवार्ता दिने क्रममा पुष्पले पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका हुन् । यद्यपी उनले कति प्रतिशत फिर्ता र्ने भन्ने चाँही खुलाएनन् । चलचित्रमा उनले अटिजम पीडित यूवाको भूमिकामा काम गरेका छन् ।
कृष्ण ओलि निर्देशित चलचित्रमा पुष्प खड्का सहित श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, हिउँवाला गौतम, नवीन रेग्मीलगायत कलाकारको अभिनय रहेको छ । आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको छन् । चलचित्रको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
