अग्रज पत्रकार पुस्करलाल श्रेष्ठको निधन, यस्तो छ स्वर्गीय पुस्करलाल श्रेष्ठको जीवनी
अग्रज चलचित्र पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज बिहान ११ बजेर ४९ मिनेटमा ६० वर्षको उमेरमा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । कामना सिने मासिकको प्रकाशन गरि चलचित्र पत्रकारिताई स्थापित गर्न श्रेष्ठको अहम् भुमिका रहेको थियो ।
पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दा गर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुत श्रेष्ठको निधन भएको कामना न्यूज पव्लिकेसनले जनाएको छ ।
श्रेष्ठ कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक हुन । ‘करिब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए ।’ विज्ञप्तिमा अघि भनिएको छ - ‘स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरियो । नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरुले Guillain-Barré syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गर्यो।’
मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि श्रेष्ठलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको र काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।
श्रेष्ठको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि गम्भीर स्वास्थ्य समस्या देखा परेपछि एक महिना अघि नेपाल मेडिसिटी अस्पताल पुर्याएर सघन उपचार कक्षमा उपचार गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचारमा श्रेष्ठको उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि चिकित्सकको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उपचार हुँदै आएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ स्वर्गीय पुस्करलाल श्रेष्ठको जीवनी



Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
