‘पूर्ण बहादुरकोः सारङ्गी’ निर्माणको घोषणा
चलचित्र ‘पूर्ण बहादुरकोः सारङ्गी’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको मोसन पोस्टर सार्वजनिक गर्दै निर्माणको औपचारीक घोषणा गरिएको हो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले चलचित्र निर्माण गर्नेछ ।
पोष्टरले चलचित्र मार्फत बाबु र छोराबीचको सम्बन्धको कथा भन्न लागिएको बुझाएको छ । स्केच पोस्टरमा एक पुरुष पात्र काँधमा सारङ्गी र बच्चा बोकेर चित्रित छन् । मोसन पोस्टरको पृष्ठभूमिमा सारङ्गीको मधुर धुन बजेको छ । अनि काँधमा चढेको बच्चाले बाउलाई सोध्छ – ‘तिमी मलाई सधैँ किन काँधमा बोकेर हिँड्छौ ?’ जवाफमा बाउले खुइँ काढ्दै हाँस्दै भन्छ – ‘मभन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर ।’ त्यसपछि सारङ्गीको धुनमा मर्मस्पर्शी गीत गुञ्जन्छ । छोराका लागि बाबुले जस्तासुकै चुनौती पनि सामना गर्न सक्ने भाव गीतमा छ ।
सरोज पौडेलको कथा तथा निर्देशनमा बन्न लागेको चलचित्रले ग्रामीण परिवेशमा रहेर कथा भन्ने पोस्टरले बुझाउँछ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ भने प्रशान्त सिवाकोटीले संगीत दिनेछन् । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको चलचित्रलाई आगामी वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
