‘पुजार सार्की’को वर्कशप सुरु, आर्यन, प्रदिप र पल सहभागी

राष्ट्रिय चलचित्र पुरस्कार बिजेता निर्देशक दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्र ‘पुजार सार्की’को वर्कशप सुरु भएको छ । राजधानीमा जारी वर्कशपमा चलचित्रका सबै मुख्य कलाकारहरु सहभागी छन् ।
माघको दोस्रो साताबाट छायाँकनमा जाने चलचित्रको छायांकन सुरु हुन भन्दा केही साता अगाडि वर्कशप सुरु भएको हो । वर्कशपमा मुख्य तीन नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहका साथै मुख्य नायिकाहरू अन्जना बराइली र परीक्षा लिम्बु सहभागी छन् ।
वास्तविक जीवनबाट प्रभावित रहने यस चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । बिकासले आफ्नो पहिलो चलचित्र ‘प्रकाश’बाट उत्कृष्ट लेखनका लागि थुप्रै अवार्डहरु समेत प्राप्त गरेका छन् । संगीतकार सुभाष भुसालले यसै चलचित्रबाट निर्माणमा समेत हात हालेका छन् । बिग बजेको यो चलचित्र निर्देशक, लेखक र स्टारकास्टका कारण घोषणा देखि नै चर्चामा छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal