चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक
चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरले चलचित्रमा जातिय बिभेद बिरुद्धको कथा पेश भएको संकेत दिएको छ ।
आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने चलचित्रको ट्रेलर ४ मिनेट लामो छ । समारोहमा चलचित्रका कलाकारहरू प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, राजेश बिसुराल, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाल लगायतको उपस्थिति थियो ।
ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ । ट्रेलरमा अभिनेता पल शाहलाई समाज परिवर्तन गर्न अग्रसर युवाको भूमिकामा प्रस्तुत गरिएको छ । ट्रेलर रिलिज समारोहमा भने शाह उपस्थित थिएनन् । अर्को चलचित्रको छायाङ्कनमा व्यस्त रहेका कारण उनी सो कार्यक्रममा उपस्थित नभएका हुन् । ‘पुजार सार्की’का यसअघि सार्वजनिक पोस्टर, टिजर तथा गीतहरू ‘दर्शन गरेँ’ र ‘रिमै’लाई रुचाइएको छ ।
चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ। विकास सुवेदीले लेखेको चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
