Mansara

चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज

२०८० चैत्र ३०
चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज

चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ । शुक्रवार रिलिज टिजरमा तीन अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई देखिँदै आएको भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ ।

दिनेश राउतको निर्देशनमा बनेको चलचित्र जेष्ठ १० गतेबाट प्रदर्शनमा आउँदै छ । स्टारकास्टको कारण चर्चामा रहेको चलचित्रलाई बिकास सुबेदीले लेखेका हुन् । चलचित्रमा आर्यन, प्रदिप, पल, अञ्जना र परीक्षाका अलवा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।

सुवास भुसालले निर्माण गरेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन तथा सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको छ ।