‘पुजार सार्की’को गीत ‘जाऊँ माया’ सार्वजनिक
चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । मंगलवार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा बि. पाण्डेको शब्द, सुवास भुषालको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ ।
यही जेठ १० गते रिलिज हुने चलचित्रले अन्र्तजातिय प्रेममा हुने सकसलाई देखाएको छ । गीतबाट चार शिर्ष पात्रहरु पुजार – मैया र मैतबहादुर – गौमाया बिचको प्रेममा जात बाधक भएको स्पष्टै देखिन्छ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बुको प्रमुख भूमिका छ । साथै चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।
बिकास सुबेदीको लेखन रहेको चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन र हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
