प्रदर्शन भए ‘पुजार सार्की’ र ‘फर्की फर्की’
बुद्ध जयन्तीको दिन पारेर दुई नेपाली चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ एकसाथ रिलिज भएका छन् । यि दुई चलचित्र एकसाथ प्रदर्शन हुँदा दुबै चलचित्रका शिर्ष कलाकारको स्टारडमको परिक्षाका रुपमा लिइएको छ । अर्थात यि दुई चलचित्रको ब्यापारलाई कलाकारको स्टारडमसँग जोडेर चर्चा गरिएको छ ।
सुयोग गुरुङ निर्देशित चलचित्र ‘फर्की फर्की’मा अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको छ । ‘टाइम लुप’जनराको यो चलचित्रले प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुलेको छ ।
यस्तै दिनेश राउत निर्देशित चलचित्र ‘पुजार सार्की’मा आर्यन केसी, प्रदिप खड्का, पल शाह, अञ्जना बराइली, परिक्षा लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ । जातिय विभेदको कथा भन्ने चलचित्रले पनि प्रदर्शन अगावै गरेको दर्शक शोबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
दुबै चलचित्रलाई प्रदर्शकहरुले पनि उच्च प्राथमिकता दिएका छन् । शो बाडफाँडमा दुबै चलचित्रले उच्च शो पाएका छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
