फ्रान्सका ६२ हलमा चलचित्र ‘पूजा, सर’ (राजागंज)को प्रदर्शन
नेपालमा ‘राजागंज’ नाममा प्रदर्शन भएको चलचित्र ‘पूजा, सर’ फ्रान्सका ६२ वटा हलमा एकसाथ रिलिज भएको छ । अन्तर्राष्ट्रिय चलचित्रको केन्द्र मानिने फ्रान्समा यति ठूलो संख्याको हलमा नेपाली चलचित्र पहिलो पटक रिलिज भएको निर्माण पक्षले दाबी गरेको छ ।
फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनकी मिसेल हेलबस्टडले फिल्म निकै आकर्षक र अप्रत्याशित रहेको बताएकी छन् । ‘पूजा, सर एउटा यस्तो फिल्म हो । जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा सिधै लैजान्छ । यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ,' उनले भनेकी छन् ।
दिपक रौनियार निर्देशित चलचित्रमा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, रिचा शर्मा, गौमाया गुरूङलगायतको अभिनय छ । निर्माणमा आदि फिल्मस, बाँसुरी फिल्म्स र नर्वेको ट्यानहाउजरको सहकार्य छ ।
फिल्मले भेनिस, बुसान, सिड्नी, टालिन बाल्क नाइट्स, गोथेनबर्ग लगायत महोत्सवको यात्रा गरिसकेको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्मलाई बेलायतको च्यानल फोरले खरिद गरिसकेको छ ।
नोभेम्बर २०२५ देखि फिल्म एयरलाइन्समा पनि प्रदर्शन हुने बताइएको छ । अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियाले एयरलाइन्सको वितरण सम्हालेको हो । नेपालमा यो फिल्म गत चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । चलचित्र बक्स अफिसमा असफल भएको थियो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
