Mansara

चलचित्र ‘प्रेमगन्ज’ टिजर सार्वजनिक

२०७९ बैशाख ४
चलचित्र ‘प्रेमगन्ज’ टिजर सार्वजनिक

चलचित्र ‘प्रेमगन्ज’ टिजर सार्वजनिक गरेको छ । भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रको टिजर ठिक ३ महिना अघि सार्वजनिक गरिएको हो ।

प्रेमकथाको चलचित्रले दुई पुस्ताको प्रेमकथा भनेको छ । परिच्छेद सेनको निर्देशन रहेको चलचित्रको टिजरमा सुरक्षा पन्त, बेनिशा हमाल, तेज गिरी, बाल कलाकार राइडर प्रशान्त र सिमरन खड्काको अभिनय देख्न सकिन्छ । उनीहरुका अलवा चलचित्रमा सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय रहेको छ ।

निर्देश परिच्छेद सेनकै लेखन रहेको चलचित्रमा कुशल छायाँकार सञ्जय लामाको छायाँकन रहेको छ । चलचित्र चौतारीको ब्यानरमा बनेको चलचित्रका प्रसतुतकर्ता स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयाल हुन् । डेढ करोडको लगानी रहेको बताइएको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।

निर्माण टिमले चलचित्रको टिजर कपिराइट फ्रि रहने जनाएको छ । यति मात्र होइन निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ । यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ ।

श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर चलचित्रको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ ।

Mahajatra