‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक
चलचित्र ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । भ्यालेन्टाइनको दिन पारेर सार्वजनिक गरिएको पोष्टरमा नायिका बेनिशा हमालको क्यारेक्टरलाई प्रस्तुत गरिएको छ । चलचित्रमा बेनिशा मैनाको भुमिकामा रहेकी छिन ।
पछिल्लो समय चुजि बन्दै गएकी बेनिशा अभिनित चलचित्र केही समयको अन्तराल पछि प्रदर्शन हुँदैछ । यसअघि चलचित्र ‘घर’मा काम गरेपछि फिल्म मेकिङ पढ्न भारत गएकी बेनिशाले दोस्रो लकडाउन पछि यो चलचित्रमा काम गरेकी हुन् । उनको बोल्ड लुक्स सहितको क्यारेक्टर पोष्टर सार्वजनिक गरिए पनि चलचित्रको रिलिज डेट अझै तय गरिएको छैन ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्र आउँदो जेठ प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ । हाल पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्रमा बेनिशाका अलवा तेज गिरी, सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । तेजले यसै चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरेका हुन् ।
स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
