पाँचखालबाट सुरु भयो ‘प्रेम गीता’को छायांकन
चलचित्र ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने चलचित्रको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । निर्देशक बस्नेतले यसअघि चलचित्र ‘कम्पन’ र ‘काउसो’ निर्माण गरेका थिए ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ ।
साजिद खान प्रस्तुतकर्ता रहेको चलचित्रमा अयाज अलि खान निर्माता छन् । निर्देशक बस्नेतका अनुसार काठमाडौं र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा चलचित्र छायांकन हुनेछ ।
विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र रवि केसीको श्रृंगार रहनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
