‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश
चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । चलचित्र आउँदो शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रदर्शन रोक्न न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सो आदेश दिएको हो ।
चलचित्रका प्रस्तुतकर्ता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले प्रदर्शन रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । शुरुमा चलचित्रका निर्माताका रुपमा केशब पाण्डे र प्रस्तुतकर्ताका रुपमा सुवास थापा रहने गरि पत्रकार सम्मेलन समेत गरिएको थियो । तर, निर्धारित मितिमा छायाँकन शुरु हुन नसकेपछि पाण्डे निर्माताबाट बाहिरिएका थिए । निर्माताका रुपमा नरहेपछि आफ्नो खर्च भएको रकम सुवास थापाले दिने सहमती भएको तर, उनले दिएको चेक बाउन्स भए पछि पाण्डेकै उजुरीका आधारमा प्रहरीले निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरि खोजिरहेको छ ।
अदालत जानुअघि पाण्डेले चलचित्रको सेन्सर रोक्न चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोजेका थिए । तर, बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग राखेर उच्च अदालत पुगेका थिए ।
उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
