यस्तो छ ‘प्रकाश’मा रेनु योगीको क्यारेक्टर लुक्स
चलचित्र ‘प्रकाश’ अभिनेत्री रेनु योगीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा डेव्यु अभिनेत्री योगीलाई अभिनेता प्रदीप खड्कासँग हातमा किताव बोकेर स्कुल जाँदै गरेको देख्न सकिन्छ । यस्तै अभिनेता खड्काले हातमा लठ्ठी गोजीमा किताब हालेर हिँडिरहेका छन् ।
अगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र जुम्लाको परिवेशमा छायाँकन गरिएको हो । शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा चलचित्रले भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको निर्देशक दिनेश राउत बताउँछन् ।
रेनुले यसअघि थुप्रै नाटकमा समेत अभिनय गरेकी छन् । नाटकबाट आफुले सिकेको ज्ञानलाई आफुले यो चलचित्रमा प्रयोग गरेको बताउँछिन् । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
