सबैले हेर्न पाउने ‘प्रकाश’, सेन्सरले दियो ‘यू’ सर्टिफिकेट
भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्र ‘प्रकाश’को सेन्सर सम्पन्न भएको छ । आइतबार सेन्सर बोर्डका पदाधीकारीहरुले चलचित्र हेरेपछि ‘प्रकाश’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएका छन् । कुनै पनि दृष्य र सम्बाद काटछाँट नगरि सेन्सरले ‘यू’ सर्टिफिकेट दिएसँगै अब हरेक उमेरका दर्शकहरुले वचलचित्र हेर्न सक्नेछन् ।
चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । दिनेश राउत निर्देशित चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्यहरुले खुलेरै चलचित्रको तारिफ गरेको बुझिएको छ । चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्र यतिबेलाको बहुप्रतिक्षित चलचित्र हो ।
चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
