‘नेपाली कलाकार हुनुमा गर्व गर्छु’ – प्रदीप रावत

फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपाल आएका भारतीय कलाकार प्रदीप रावतले सोमबार दर्शकसँग साक्षात्कार गरेका छन् । कमलपोखरीस्थित बिग मुभिजमा हल भित्रै गएर उनले दर्शकसँग प्रतिक्रिया लिए । हाउसफुल रहेको हलमा उनको प्रवेश हुँदा दर्शकहरुले हुटिङ गर्दै प्रेम दर्शाएका थिए । उनीसँग हलमा फोटो खिच्न दर्शकहरुबीच हानाथाप चलेको थियो ।
हाउसफुल हलमा उनको प्रवेशले माहौल झनै उत्साहपूर्ण बनायो । दर्शकहरूले हुटिङ गर्दै प्रेम व्यक्त गर्दा प्रदीप प्रसन्न मुद्रामा देखिए । उनले दर्शकसँग संवाद गर्दै भने, ‘तपाईँहरूको माया पाउन म नेपाल आएको हुँ । तपाईँहरूको साथले मलाई प्रेरणा दिन्छ ।’
हलभित्र दर्शकसँग साक्षात्कार गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै फिल्म राम्रो चलेको देख्दा खुसी लागेको बताए । उनले निर्माताको मिहिनेत र त्यागलाई पशुपतिनाथले आशीर्वाद दिएको बताए । उनलाई पत्रकारले नेपाली चलचित्रको कलाकार हुँदाको अनुभवबारे पनि प्रश्न सोधेका थिए । जसको जवाफमा उनले भने – ‘म नेपाली कलाकार हुनुमा गर्व गर्छु । म पहाडी हुँ । नेपाल पनि पहाड नै छ । यसैले हाम्रो डीएनए मिल्छ । अलिअलि मेरो अनुहार पनि नेपालीसँग मिल्छ । मलाई नेपाली कलाकार बनाइदिनुभएकोमा आभारी छु ।’ उनले भोलिका दिनमा पनि नेपाली फिल्म खेल्न चाहने बताए ।
Latest Updates
-
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
-
-
-
-
-
अन्य चलचित्रमा भन्दा ‘माग्ने राजा’मा फरक देखिएको वर्षाको दाबी
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak