‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न काठमाडौं आइपुगे प्रदीप
प्रदर्शनरत् चलचित्र ‘ह्रस्व दीर्घ’का कलाकार प्रदीप रावत काठमाडौं आइपुगेका छन् । बलिउड अभिनेता रावतले चलचित्रमा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका छन् ।
चलचित्रले शुक्रबार बाट नै राम्रो ब्यापार गरिरहदा आइतबार साँझ नेपाली दर्शकसँग भेट गर्न उनी नेपाल आएका हुन् । साउथ चवलचित्रकी अभिनेत्री समेत रहेकी श्रीमती कल्याणीको साथमा साँझ ७ः४५ बजे उनी काठमाडौं अवतरण गरेका हुन् । त्रिभुवन विमानस्थलमा चलचित्रको टिमले उनको स्वागत गरेको थियो । विमानस्थलबाट प्रदीप सीधै कमलपोखरीस्थित बिग मुभिजतर्फ लागेका छन् । त्यहाँ उनले ‘ह्रस्व दीर्घ’ हेरेका दर्शकसँग साक्षात्कार गर्नेछन् । आइतबार साँझ नै उनले दर्शकसँग बसेर चलचित्र हेर्ने जनाइएको छ ।
चार नेपाल बस्ने गरि आएका प्रदीपले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने जनाएका छन् । काठमाडौं बसाइमा पत्रकार सम्मेलन, मिडिया इन्टरभ्यूदेखि हल भिजिटसम्मका कार्यक्रममा प्रदीप र कल्याणी सहभागि हुने जनाइएको छ । प्रदीप यसअघि चलचित्रको छायांकनका लागि गत पुषमा नेपाल आएका थिए ।
‘ह्रस्व दीर्घ’ले शुक्रबार र शनिबार देशब्यापी २ करोडको ब्यापार गरेको निर्माण टिमले जनाएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
