‘पिताम्बर’ को ? सौगात कि प्रदीप
कलाकारहरुको बलियो लाइनअपका कारण चर्चामा छ चलचित्र ‘पिताम्बर’ । कृषा चौलागाईंको निर्देशन रहने चलचित्र भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाँदैछ ।
दोस्रो चरणको छायाँकनका लागि यतिबेला वर्कसप समेत भइरहेको छ । यद्यपी निर्माण पक्षले अहिले सम्म चलचित्रको शिर्ष भूमिकामा कसले अभिनय गर्दैछ भन्ने खुलाएको छैन । बरु निर्देशक चौलागाईले प्रदीप खड्का र सौगात मल्लसँगको तस्बिर सार्वजनिक गर्दै ‘पिताम्बर’ को हो ? भन्दै प्रश्न गरेकी छन् ।
यसबाट सौगात र प्रदीप मध्ये एकले पिताम्बरको भूमिका निभाएको स्पष्ट हुन्छ । यद्यपी निर्माण पक्षले दर्शकमा कौतुहलतालाई जोगाउने प्रयास गरेको छ । चलचित्रमा सौगात र प्रदीपका अलवा आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ ।
पहिलो चरणको छायांकन नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै भएको थियो । अभिनेता खड्का र मल्ल दोस्रो सेड्युलमा जोडिएका हुन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा निर्माण भइरहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा प्रदीप भारद्धाजको लेखन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
