Mansara

प्रदीपको चलचित्रमा प्रदीप र बेनिषाको जोडी

२०८० चैत्र ५
प्रदीपको चलचित्रमा प्रदीप र बेनिषाको जोडी

लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिषा हमाल फाइनल भएकी छन् । टाइटल सार्वजनिक गर्न बाँकी रहेको चलचित्र साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुनेछ । चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्।  पछिल्लो समय व्यस्त रहेकी हमाल प्रदीप खड्का संग पहिलो पटक स्क्रिन शेयर गर्दै छिन् ।  शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ ।

चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्। चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको जानकारी दिए ।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो । नेपाली चलचित्रको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि बिदेशी लेभलको फिल्म बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए ।