के प्रदिप खड्का एमाले उम्मेदवारको पक्षमा उभिएका हुन् त ? यस्तो छ वास्तविकता
स्थानिय तहको निर्वाचन नजिकिएसँगै राजनीतिमा कलाकारहरुको संलग्नता स्पष्ट देखिएको छ । केही कलाकारहरु उमेदबार बनेका छन् भने केही कलाकार पार्टी प्रवेश गरेका छन् । केही कलाकार भने पार्टीको चुनावी कमाण्डरका रुपमा जिल्ला जिल्लामा खटिएका पनि छन् ।
यही बिचमा नायक प्रदिप खड्का नेकपा एमालेका उम्मेदवारको पक्षमा खुलेको हल्ला चलेको छ । अप्रिल २९ का दिन दिउसो ललिपुर महानगरपालिका वडा नम्बर १३ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार निरन श्रेष्ठले नायक प्रदिपसँगको तस्विर सामाजिक सञ्जालमा सेयर गरे । त्यही तस्विरलाई आधार मान्दै धेरैले प्रदिप उनको समर्थनमा उभिएको अड्कल लगाए । निरनले आफु सहित अन्य दुई जना सदस्य पदका उम्मेदवारले प्रदिपसँग खिचेका तस्विरहरु सेयर गरेका थिए । त्यति मात्र होइन निरनले त सोही दिन राति १० बजे प्रदिपसँगको तस्विरलाई आफ्नो प्रोफाइल तस्विर पनि बनाए । जुन तस्विरलाई लिएर यतिबेला प्रदिप निरनको पक्षमा उभिएको चर्चा ब्यापक छ ।
तर, यतिबेला प्रदिप मुम्बईमा छन् । उनी चलचित्र ‘प्रेमगीत ३’ को कामका लागि केही समय यता मुम्बईमा नै रहेका छन् । बिचको केही समय एक बिज्ञापनको छायाँकनका लागि नेपाल आएका उनी शुक्रबार पुनः मुम्बई गएका हुन् । धेरैलाई थाहा नै छ प्रदिपको घर ललितपुरमा नै हो । यो तस्विर वडा अध्यक्ष सहित सदस्य पदका उम्मेदवारहरु भोट माग्न घर दैलोमा आउँदा उनीसँग खिचेका थिए । निरनले पनि फेसबुकमा ‘...आफ्नै वडा बासी नेपालका चर्चित नायक प्रदिप खड्कासँग...’ भनेर तस्विर सेयर गरेका छन् । मुम्बईमा रहेका प्रदिपले पनि आफ्नो घरमा भोट माग्न आएका उम्मेदवारले आफुसँग तस्विर खिचेको जनाए ।
आफ्नै वडा बासी चर्चित नायक भएपछि वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले उनीसँग तस्विर खिच्नु सामान्य नै भयो । खिचेको तस्विरलाई फेसबुकमा राख्नु पनि नौलो भएन ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
