Mahajatra

प्रचण्डले भेटे कलाकार, राजेश र सन्दिपको यस्तो तारिफ

२०७८ फागुन ५
प्रचण्डले भेटे कलाकार, राजेश र सन्दिपको यस्तो तारिफ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकर्मीहरुसँग भेटघाट गरेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान गायक राजेशपायल राई, हास्य कलाकार सन्दीप क्षेत्री, गायिका कल्पना दाहाल, मोडल करिश्मा ढकाल लगायतसँग भेट गरेका हुन् । राजेश र सन्दिप सँग भने उनले छुट्टा छुट्टै भेट गरेका थिए ।

भेटमा प्रचण्डले कलाकार तथा कला क्षेत्रको बारेमा चासो पूर्वक कलाकारहरुको कुरा सुनेको जनाइएको छ । भेटको चाँजोपाँजो माओबादी निकट संगीतकार चेतन सापकोटाले मिलाएका थिए । उनका अनुसार प्रण्डले केही दिन अघि नै राजेश, सन्दिप लगायतका कलाकारलाई भेट्न खाजेका थिए । अध्यक्षको इच्छा बमोजिम नै कलाकारसँग भेटको चाँजो मिलाएको सापकोटाले जनाएका छन् । उनका अनुसार कलाकारसँग पछिल्लो राजनीतिक अवस्था, एमसीसी लगायतका बिषयमा पनि प्रचण्डले खुलेर कुरा गरेका थिए ।

त्यसो त कुनै समय माओबादीले राजेश पायल राईको घरमा आगो लगाउने देखि उनको बुबाको समेत अपहरण गरेका थिए । तर, ति सबै कुरा भुलेर राजेशले परिवर्तनलाई साथ दिएको भन्दै प्रचण्ड उनीसँग निकै प्रभावित देखिएका छन् । प्रचण्डले उक्त घट्ना प्रति दुःख समेत ब्यक्त गरेका छन् । प्रचण्डले राजेशसँग झण्डै एक घण्टा कुराकानी गरेका थिए ।

सापकोटाका अनुसार सन्दिपले प्रचण्डसँगको कुराकानीमा निकै हसाएका थिए । प्रचण्डले सन्दिपलाई बौद्धिक कमेडियन भन्दै तारिफ गरेका छन् । झण्डै ४० मिनेटको कुराकानीमा सन्दिपले सानो सानो कुरा पनि नोट गरेर हसाउने शैलीको उनले तारिफ गरेका थिए ।

प्रचण्ड निकट सापकोटा माओबादीको उपत्यका बिशेष प्रदेश समितिको सदस्य र साँस्कृतिक महासंघको उपाध्यक्ष हुन् ।