‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज, छमछमी नाचे नीर शाह र गौरी मल्ल
आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरेको हो।
गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ, भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ। उनीहरुको नृत्यलाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क देखिएका छन्। गीतमा भिम बी.सी.को संगीत, टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी., दिक्पाल कार्की रहेका छन्।
फिल्ममा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित रहेको निर्देशक शोभित बस्नेतले बताए। उनका अनुसार विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरुप्रति गरेको अपेक्षा फिल्ममा समेटिएको छ।
गीत रिलिजपछि निर्देशक बस्नेतले भने, ‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु।’
फिल्मको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको लेखन गणेश बुढाथोकीले गरेका छन्। त्यसैगरि यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
