अस्ट्रेलियाबाट ‘पीआर’को छायांकन सुरु

सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।
निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए । फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय छ ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता छन् ।
फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ । निर्देशक बस्नेतले फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal