Mansara

‘पोइ पर्‍यो काले’को पोस्टर सार्वजनिक

२०७६ भाद्र १५
‘पोइ पर्‍यो काले’को पोस्टर सार्वजनिक

चलचित्र ‘पोइ पर्‍यो काले’को पोस्टर सार्वजनिक गरिएको छ। सार्बजनिक पोस्टरमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा र सोहित मानन्धरलाई स्थान दिइएको छ ।

शिशिर राणाको निर्देशन रहेको चलचित्रमा बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयम्को पनि अभिनय रहेको छ भने सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन् ।

दीपक मनाङे (राजीव गुरुङ), अ देवी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ र देव तामाङ चलचित्रका निर्माता हुन् । कात्तिक ८ गते बाट चलचित्र प्रदर्शनमा आउने छ ।

Mahajatra