दुर्गेशलाई प्रधानमन्त्रीको बधाई, प्रधानमन्त्रीले गीत–संगीतको मूल्य र सम्भावना चिनेको दुर्गेशको प्रतिक्रिया
छोटो समयमा नै ‘दुश्मन हेरेको हेर्यै’ गीतले युट्युबमा १० करोड भ्यूज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक संजालमा गायक दुर्गेश थापाको तस्विर सेयर गर्दै बधाई दिएका हुन् ।
प्रधानमन्त्रीले ओलिले लेखेका छन् – ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ’दुश्मन हेरेको हेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई !’
प्रधानमन्त्रीबाट बधाई पाएपछि दुर्गेश पनि फुरुङ्ग देखिएका छन् । उनले समाजिक सञ्जालमा ‘धन्यवाद प्रधानमन्त्रि ज्यु, के पि बा’ भन्दै प्रधानमन्त्रीले देखाउनु भएको चासोले भावुक तुल्याएको उल्लेख गरेका छन् । उनले लेखेका छन् – ‘देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नु भएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो ।’
उनले लेखेका छन् –
‘नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननिय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ ।
‘दुश्मन हेरेको हेर्यै’ गीतमा १० करोड भ्युजको सफलता प्रति सार्वजनिक रूप बाटै बधाई र शुभकामना दिई हामिलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ । देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नु भएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो ।
उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो । म प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
यो सबै मेरो भगवान रूपि दर्शकहरूको मायाले सम्भव भएको हो —
धन्यवाद, मेरा दर्शक–श्रोताहरू ❤️
धन्यवाद प्रधानमन्त्रि ज्यु, के पि बा 🙏
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
