‘पिताम्बर’को ‘पिताम्बर उत्सव’ स्थगित
चलचित्र ‘पिताम्बर’ले आयोजना गर्न लागेको ‘पिताम्बर उत्सव’ स्थगित गरिएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको कार्यक्रम विपक्षी दलहरुको समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शनका कारण स्थगित गरिएको हो । मोर्चाले भोलि शुक्रबार गणतन्त्रका पक्षमा भृकुटीमण्डपमा विशाल जनप्रदर्शन गर्ने तयारी गरहेको छ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सनप्रधान चलचित्रको ट्रेलर समेत भोलि उक्त कार्यक्रमका बिच सार्वजनिक गर्ने निर्माण टिमको तयारी थियो । कार्यक्रममा पाँच हजार बढी दर्शक सहभागी हुने अपेक्षा सहित निर्माण टिमले डिजिटल डिस्प्ले बोर्डदेखि साउन्ड सिस्टमसम्ममा लाखौं खर्च गरिसकेको थियो । तर, कार्यक्रम स्थगित भएपछि ट्रेलर रिलिज पनि अन्योल बनेको छ ।
प्राप्त जानकारी अनुसार ट्रेलर रिलिज पनि अन्योल भएपछि भोलि एक गीत सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । ट्रेलर भने केही दिनमा भृकुटीमण्डपमै कार्यक्रम गरेर सार्वजनिक गर्ने योजनामा निर्माता रहेको बुझिएको छ ।
कृषा चौलागाइँको निर्देशनमा बनेको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्यदेव, सुपुष्पा भट्ट, दिव्या रायमाझी, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, गौरव विष्ट लगायतको अभिनय छ । विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता र सुमन गौतम कार्यकारी निर्माता छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
