चलचित्र ‘पिताम्बर’को छायांकन सुरु
कृषा चौलागाईको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्कृप्ट पूजा गरिएको चलचित्रको फागुन ११ गतेबाट पहिलो चरण अर्न्तगतको १५ दिने सेड्युलको निरन्तर छायांकन थालिएको हो । चलचित्रको नवलपरासी पश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईले बताइन् ।
चलचित्रको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल चलचित्रको दोस्रो सेड्युलमा मात्रै जोडिनेछन् ।
निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय चलचित्र हो । चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारीलगायतका कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले चलचित्र केही फरक र स्पेशल बन्ने देखिन्छ ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रको निर्मातामा विशाल चौलागाई छन् । चलचित्रको तीन चरणमा छायांकन हुनेछ । यसपछि चलचित्रको बाकी छायांकन बैशाख र असार–साउनमा हुनेछ ।
चलचित्रमा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी चलचित्रको दोस्रो चरणको छायांकनमा जोडिनेछन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रलाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् । चलचित्रको बजेट ५ करोड अनुमान गरिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
