नेपाल सुपर लिगसँग मुभी पार्टनरका रुपमा जोडियो ‘पिताम्बर’
नयाँवर्ष २०८२ को छेको पारेर चैत २९ गते रिलिज हुने चलचित्र ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणसँग मुभी पार्टनरका रुपमा जोडिएको छ । आइतबार सुपरलिग आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम) का म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्की र चलचित्रका निर्माता विशाल चौलागाइँबीच कागजी सम्झौता भएको हो ।
सुपर लिग यही चैत १६ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । चलचित्रलाई खेलसँग जोड्नुका साथै खेल र खेलाडीलाई हौसला थप्न चलचित्र मुभि पार्टनरका रुपमा जोडिएको निर्माण टिमले जनाएको छ । निर्देशक कृषा चौलागाईंले देशको प्रतिष्ठित फूटबल प्रतियोगितामा मुभी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताइन् । ‘दर्शकका लागि नेपालमा खेलकुद र चलचित्र अभिन्न अंग बनेका छन् । खेलकुदका माध्यमबाट पनि चलचित्रको प्रचारप्रसारमा सघाउ पुग्नेमा हामी ढुक्क छौं’, उनले भनिन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा कृषा चौलागाईको निर्देशन छ । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ । चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
चलचित्रमा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । चलचित्रमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
